काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, रोकियो लाइभ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, रोकियो लाइभ


१२ पुस २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी कार्यालय, सानेपामा सुरु भएको छ ।

पार्टीकोतर्फबाट मन्त्रीहरूको कामकारबाहीको समीक्षा सहितका एजेण्डामा छलफल गर्न बोलाइएको बैठकको काँग्रेसले बैठकको प्रत्यक्ष प्रसारण भने रोकिएको छ ।

काँग्रेसले साउनदेखि केन्द्रीय कार्यसमिति बैठक प्रत्यक्ष प्रसारण सुरु गरेको थियो । त्यसबेला पार्टी सभापति शेरबहादुर देउवा स्वयंले लाइभ गर्न जोडबल गरेका थिए । मंसिरमा बसेको बैठक पनि लाइभ गरिएको थियो ।

यो पटक बैठक लाइभ गरिएको छैन । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले लाइभ गर्ने प्राविधिक बाहिर भएको बताए । बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले पुस १६ देखि सुरु हुने ‘समुदायमा काँग्रेस’बारे जानकारी गराएका छन् । क्रियाशील सदस्यता नवीकरणको फारम मंसिरमा पठाएको भए पनि जिल्ला सभापतिहरूले अगाडि नबढाएको उनले सुनाए ।

सहमहामन्त्री जीवन परियारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि अस्थायी टहरा बनाएको विषयमा जानकारी गराएका छन् । केन्द्रीय सदस्य डीला सङ्ग्रौलाका अनुसार बैठकमा मन्त्रीहरूको कामकारबाहीबारे छलफल हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस