सहकारीले गरेको ठगीविरुद्ध गृह प्रशासन सशक्त रूपमा प्रस्तुत हुने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सहकारीले गरेको ठगीविरुद्ध गृह प्रशासन सशक्त रूपमा प्रस्तुत हुने


१२ पुस २०८०, बिहिबार


काठमाडौँ । गृह मन्त्रालयले सहकारी पीडितहरूको उजुरीमाथि छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहसचिव, मातहतका निकायसँग सहकारीका बचतकर्ताको गुनासो र उजुरीको बारेमा जानकारीसहित छलफल गरेका थिए । त्यसक्रममा कानुनबमोजिम कारबाही प्रक्रिया बढाउन निर्देशन दिएका हुन् ।

गृह मन्त्रालयका अनुसार सहकारी पीडितका विषयमा कानुन कार्यान्वयनमा प्रहरी, प्रशासनबाट कमीकमजोरी हुन नदिन गृहमन्त्रीले निर्देशन दिएका छन् । छलफलमा सहकारीले गरेको ठगीविरुद्ध गृहप्रशासन सशक्त रूपमा प्रस्तुत हुने निष्कर्षसमेत निकालिएको गृह स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस