इजाजत पत्र नवीकरण गर्न फिल्म हललाई बोर्डको निर्देशन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

इजाजत पत्र नवीकरण गर्न फिल्म हललाई बोर्डको निर्देशन


१२ पुस २०८०, बिहिबार


काठमाडौँ। चलचित्र विकास बोर्डले फिल्म हलहरूलाई इजाजत पत्र नवीकरण गरेर मात्र चलचित्र प्रदर्शन गर्न निर्देशन दिएको छ । बोर्डले आज एक सूचना जारी गर्दै ३५ दिनभित्र इजाजत पत्र नवीकरण गर्न समय सीमा तोकेको हो ।

‘नेपालभर सञ्चालनमा रहेका चलचित्र घरहरूले चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ र चलचित्र निर्माण, प्रदर्शन तथा वितरण नियमावली, २०५७ बमोजिम चलचित्र विकास बोर्डबाट लिनुपर्ने इजाजत पत्र लिई तथा तोकिएको समयभित्र गर्नुपर्ने नवीकरण गरी गराई अद्यावधिक रहेर मात्र चलचित्र घर सञ्चालन गर्नु गराउनुहुन सम्बन्धित सबैलाई सूचित गरिन्छ,’ सूचनामा भनिएको छ ।

बोर्डले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा चलचित्र प्रदर्शन ईजाजतपत्र अद्यावधिक रहेको कागजात बोर्ड समक्ष पेश गर्न पनि आग्रह गरेको छ । बोर्डको आग्रहलाई बेवास्ता गरेका प्रचलित कानुन बमोजिम कारबाही गरिने सूचनामा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस