पाँच निर्माण कम्पनी कालोसूचीमा « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

पाँच निर्माण कम्पनी कालोसूचीमा


१२ पुस २०८०, बिहिबार


काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँचवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

समयममै नियमानुसार काम नगर्ने पाँचवटा निर्माण कम्पनीलाई कार्यालयले दुईदेखि तीन वर्षसम्म कालोसूचीमा राखेको हो ।

कालीसूचीमा पर्नेमा भारतको पश्चिम बंगालको एम।पी सितानी एन्ड सन्स, सुर्खेतको   एम.पीरएस.सी.एफरई.सी.सी जे.भी, सुर्खेतकै सूर्य कन्स्ट्रक्सन फर्म प्रालि, काठमाडौं सुकेधारस्थित एलिट कन्स्ट्रक्सन र मोरङको विराटनगरस्थित भूमि इन्फ्रास्ट्रक्चर प्रा.लि छन्।

ती निर्माण कम्पनीहरूले विभिन्न आयोजनाको ठेक्का लिएर पटक-पटक म्याद थप हुँदासमेत काम नगरेपछि कार्यालयले कालोसूचीमा राखेको हो।

कालोसूचीमा राखिएका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूले उक्त सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कार्यमा भाग लिन नसक्ने कार्यालयले जनाएको छ ।

हेर्नुस् सूची :

Tags :
प्रतिक्रिया दिनुहोस