२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्ने भएको छ । नेपाली काँग्रेसका एक नेताले बिहीबार दिउँसो १ बजेदेखि केन्द्रीय समिति बैठक सुरु हुने जानकारी दिए।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा काँग्रेस पनि सहभागी छ। दाहालको नेतृत्वमा सरकार बनेको मंगलबार एक वर्ष पुगेको छ। उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा काँग्रेस दाहाल नेतृत्वको सरकारमा सामेल भएको थियो। संघीय सरकारमा काँग्रेसबाट नौ जना मन्त्री छन्।

मन्त्रीहरूले पार्टीसँग समन्वय गरी काम नगरेको यसअघि बसेका केन्द्रीय समिति बैठकमा गुनासो आएको थियो। काँग्रेसले बिहीबारदेखि हुने केन्द्रीय समिति बैठकमा मुख्य गरी मन्त्रीहरूका कामकारबाहीको समीक्षा गर्ने तयारी गरेको छ। मन्त्रीहरूले आफूले गरेका कामबारे पनि पार्टीलाई जानकारी गराउनेछन्।

साथै महासमिति बैठक तयारी र राष्ट्रिय सभा निर्वाचनलगायत विषयमा पनि केन्द्रीय समितिमा छलफल हुनेछ। काँग्रेसले महासमिति बैठक पटक-पटक सार्दै आएको छ।

फागुनमा ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा महासमिति बैठक गर्ने निर्णय भएको थियो। २०७८ मंसिरमा १४ औँ महाधिवेशन गर्दा काँग्रेसले नीति छाडेर नेतृत्व महाधिवेशन मात्रै गरेको थियो। नीति महाधिवेशनकोसमेत काम गर्ने गरी महासमिति बैठक गर्न लागिएको हो।

प्रतिक्रिया दिनुहोस