आज यी तीन प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

आज यी तीन प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना


११ पुस २०८०, बुधबार


काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली रहेको छैन । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, आज राति कोशी र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन महाशाखाले अनुरोध छ ।

Tags :
प्रतिक्रिया दिनुहोस