काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली समाजमा अत्यन्त चिन्ताजनक र चारैतिर हीनताबोध र नकारात्मकताको डढेलो लगाइएको बताएका छन्।
सरकारले एक वर्ष पूरा गरेको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले मङ्गलवार ‘सकिँदैन’, ‘बन्दैन’ र ‘हुँदैन’ भन्ने नकारात्मकताले जरैदेखि समाजको सिर्जनात्मकता मरिरहेको बताएका हुन्।
‘अहिले म नेपाली समाजमा अत्यन्त चिन्ताजनक र चारैतिर हीनताबोध र नकारात्मकताको डढेलो लगाइँदै गरेकोको देखिरहेको छु। ‘सकिँदैन’, ‘बन्दैन’ र ‘हुँदैन’ भन्ने नकारात्मकताले जरैदेखि समाजको सिर्जनात्मकता मरिरहेको छ। एकथरि तत्त्वले त नियोजितरूपले नै यो मानसिकतालाई मलजल गरिरहेका छन्,’ उनले सम्बोधनका क्रममा भने।
उनले देशमा सबै नराम्रो मात्र भइरहेको वातावरण बनाउने प्रयास भइरहेको टिप्पणी गरेका हुन्।