रिक्त दरबन्दी र कर्मचारीको विवरण सात दिनभित्र पठाइसक्न सामान्यको पत्र « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

रिक्त दरबन्दी र कर्मचारीको विवरण सात दिनभित्र पठाइसक्न सामान्यको पत्र


९ पुस २०८०, सोमबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकायलाई रिक्त दरबन्दी र कर्मचारी विवरण पठाउन एकैसाथ परिपत्र गरेको छ । मन्त्रालयले सबै मन्त्रालय, सचिवालय र आयोगलाई छुट्टाछुट्टै परिपत्र गर्दै रिक्त दरबन्दी र कर्मचारीको विवरण उपलब्ध गराउन भनेको हो ।

शाखा प्रमुख राम दत्त पाण्डेयका अनुसार मन्त्रालयले विभिन्न मन्त्रालय, आयोग, सचिवालय र अन्तर्गतका कार्यालयमा स्वीकृत दरबन्दी र रिक्तको विवरण राजपत्राङ्कित र राजपत्र अनङ्कित छुट्टाछ्ट्टै तोकिएको ढाँचामा एक साताभित्र मन्त्रालयको संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखामा र इमेल ठेगानमा उपलब्ध गराउन अनुरोध गरिएको छ ।

उनका अनुसार रिक्त विवरणमा पद, श्रेणी स्वीकृत दरबन्दी, रिक्त दरबन्दी संख्या र कसरी रिक्त भएको हो भन्ने विवरण उपलब्ध गराउन भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस