सुदूरपश्चिमले बाग्मतीलाई ६ विकेटले हरायो « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सुदूरपश्चिमले बाग्मतीलाई ६ विकेटले हरायो


९ पुस २०८०, सोमबार


Women-cricket-sudur-bagamati

काठमाडौँ । प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले बाग्मती प्रदेशलाई हराएको छ । आज सोमवार भएको खेलमा सुदूरपश्चिमले बाग्मतीलाई ६ विकेटले हरायो ।

बाग्मतीले दिएको ८८ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभरमा ४ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका लागि विन्दु रावलले २८ र कविता जोशीले नट आउट २७ रन बनाइन् । बलिङतर्फ बाग्मतीकी अस्मिना कर्माचार्य र सोनी पाख्रिनले समान १ विकेट लिइन् ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बाग्मतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८७ रन बनायो । बाग्मतीका लागि कञ्चन श्रेष्ठले १९ र हेलिशा गुरुङले १६ रन बनाइन् । बलिङतर्फ सुदूरपश्चिमकी लक्ष्मी साउद र कविता जोशीले समान २ विकेट लिइन् ।

यो जितसँगै सुदूरपश्चिम ४ खेलमा ६ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । ४ खेलमा ४ अङ्क भएको बाग्मती चौथो स्थानमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस