नेकपा एसका सचिवालय सदस्यहरूले मृत्युपछि अङ्गदान गर्ने « प्रशासन
Logo २३ आश्विन २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

नेकपा एसका सचिवालय सदस्यहरूले मृत्युपछि अङ्गदान गर्ने


८ पुस २०८०, आइतबार


नेकपा (एकीकृत समाजवादी)

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्यहरूले मरणोपरान्त अङ्गदान गर्ने भएका छन् । पार्टी सचिवालय बैठकले सो निर्णय लिएको हो ।

नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीका नेता तथा कार्यकर्ता सबैलाई मृत्युपर्यन्त अङ्गदानका लागि उत्प्रेरित गर्नेसमेत निर्णय भएको जानकारी दिए ।

नेकपा एसको बैठकमा काठमाडौँमा हिजो (शनिबार) सुरु भएको अङ्ग प्रत्यारोपण सम्बन्धी सम्मेलनबारे चर्चा भएको थियो । यसक्रममा नेताहरुले मृत्युपछि गरिने अङ्गदानले नसर्ने रोग लागेका धेरै गम्भीर बिरामीहरूको ज्यान बाँच्न सक्नेबारे छलफल गरेका थिए । त्यसपछि पार्टीका तर्फबाट मरणोप्रान्त अङ्गदानसम्बन्धी प्रतिबद्धता जाहेर गर्ने कुरा भएको प्रवक्ता खतिवडाले बताए । अध्यक्ष माधव नेपाल पनि सकारात्मक भएपछि औपचारिक निर्णय लिइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस