प्राधिकरणले काट्यो चार उद्योगको बिजुली  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्राधिकरणले काट्यो चार उद्योगको बिजुली 


६ पुस २०८०, शुक्रबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चार ठूला उद्योगको लाइन काटेको छ ।

डेडिकेटेड लाइनको बक्यौता नतिरेका उद्योगहरूमध्ये ठूलो बक्यौता रहेका चार वटा उद्योगको लाइन शुक्रबार कटौती गरिएको प्राधिकरणले स्रोतले जनाएको छ ।

जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार डेडिकेटेड लाइनको जगदम्बाले मात्र ४ अर्ब १४ करोड तिर्न बाँकी छ । रिलायन्सले १ अर्ब ९४ करोड तिर्न बाँकी छ । घोराही सिमेन्टको १ अर्ब ३६ करोड बक्यौता रहेको छ । अर्घाखाँचीको १ अर्ब ३० करोड बक्यौता रहेको प्राधिकरणले जनाएको छ ।

यसअघि बिहीबार मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेडिकेटेट लाइनको बक्यौता कुनै पनि हालतमा उठाउन निर्देशन दिएका थिए । उनले विद्युतको बक्यौता नतिर्ने उद्योगको लाइन काटेर कर प्रणालीलाई व्यवस्थित गर्न निर्देशन दिएका थिए ।

सम्बन्धित समाचार : प्रधानमन्त्री ‘प्रचण्ड’को निर्देशन: ‘झोलामा खोलाको स्थिति अन्त्य गर्नुस्’

Tags :
प्रतिक्रिया दिनुहोस