२० हजार नेपाली रोमानिया जान पाउने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

२० हजार नेपाली रोमानिया जान पाउने


५ पुस २०८०, बिहिबार


काठमाडौँ । २० हजार नेपाली रोमानिया जान पाउने भएका छन् । सन् २०२४ का लागि २० हजार भिसा स्वीकृति भएको हो । 

गत असोज १९ मा नेपाल र रोमानियाबिच द्विपक्षीय श्रम समझदारी भएसँगै नेपालबाट औपचारिक रूपमा श्रमिकहरू रोमानिया जान थालेका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार सन् २०२४ का लागि २० हजार भिसा स्वीकृत भइसकेको छ । रोमानियासँग कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्षपछि श्रम समझदारी भएको थियो । 

युरोपेली मुलुकहरूमध्ये रोमानिया नेपालीहरूका लागि श्रम गन्तव्य मुलुकको रूपमा विकसित हुँदै आएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस