प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणमा खर्च भयो पौने पाँच करोड « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणमा खर्च भयो पौने पाँच करोड


५ पुस २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अमेरिका र चीन भ्रमणका क्रममा पौने ५ करोड रुपैयाँ खर्च भएको खुलेको छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभा र चीनको औपचारिक भ्रमणका गएका प्रधानमन्त्रीको प्रतिनिधिमण्डलको भ्रमण खर्चबापत ४ करोड ७४ लाख २ हजार रुपैयाँ भुक्तानी भएको छ । यो रकम अर्थले परराष्ट्र मन्त्रालयका नाममा निकासा दिएको हो ।

प्रधानमन्त्री ३० भदौमा अमेरिका प्रस्थान गरेका थिए । उनले ४ असोजमा महासभालाई सम्बोधन गरेका थिए ।

उतैबाट उनी ५ असोजमा चीन पुगेका थिए । सो क्रममा उनी एसियन गेमको उद्घाटन कार्यक्रममा सहभागी भएका थिए । त्यसपछि उनले चीनका विभिन्न राज्यको भ्रमण गरी स्वदेश फर्किएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस