नागरिक उड्डयन विधेयकबारे २४ घण्टाभित्र जानकारी गराउन निर्देशन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नागरिक उड्डयन विधेयकबारे २४ घण्टाभित्र जानकारी गराउन निर्देशन


५ पुस २०८०, बिहिबार


काठमाडौँ । संसद्को अन्तर्राष्ट्रिय तथा पर्यटन समितिले ‘नेपाल नागरिक उड्डयन विधेयक’बारे जानकारी गराउन निर्देशन दिएको छ ।

समिति सभापति राजकिशोर यादवले पर्यटन मन्त्रालयमा रोकिएको ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक-२०७६’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक-०७६’ विधेयकको अवस्थाबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन् ।

बिहीबार बसेको समितिको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई २४ घण्टाभित्र विधेयकबारे जानकारी गराउन भनेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस