रौतहटबाट १३ लाखभन्दा बढीको लत्ताकपडा बरामद « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

रौतहटबाट १३ लाखभन्दा बढीको लत्ताकपडा बरामद


५ पुस २०८०, बिहिबार


काठमाडौँ । रौतहटको चन्द्रपुर नगरपालिका ९ चेतनगरस्थित एक घरबाट सशस्त्र प्रहरीले १३ लाख ४१ हजार ४ सय २० रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा सुरक्षा बेस सन्तपुर र गौर भन्सार कार्यालय रौतहटबाट खटिएको संयुक्त टोलीले बेवारिसे अवस्थामा १२ बोरा विभिन्न किसिमका लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक, सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए ।

बरामद लत्ताकपडा गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस