प्रदेश सम्मेलनका लागि देउवा जनकपुरधाममा, बहिष्कारको तयारीमा शेखर समूह « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रदेश सम्मेलनका लागि देउवा जनकपुरधाममा, बहिष्कारको तयारीमा शेखर समूह


५ पुस २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेस मधेस प्रदेशको प्रथम सम्मेलनका लागि पार्टी सभापति शेरबहादुर देउवा जनकपुरधाम पुगेका छन् ।

जनकपुरधामस्थित तिरहुतिया गाछीमा काँग्रेसको मधेश प्रदेश सम्मेलन सुरु हुन लागेको हो । दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्नेछन् । ११ बजे उद्घाटन समारोह हुने भनिएपनि अझै सुरु भएको छैन ।

सम्मेलनको उद्घाटन सत्रमा मधेस प्रदेशको आठवटै जिल्लाबाट नेता कार्यकर्ता आएका छन् । बन्दसत्र भोलि महेन्द्रनारायण निधी मिथिला सांस्कृतिक केन्द्रको हलमा हुनेछ । बन्द सत्रमा ८२५ जना प्रदेश प्रतिनिधिले भाग लिने मधेस प्रदेशका महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक, साङ्गठनिक र आर्थिक प्रतिवेदन बुधबार बसेको मधेश प्रदेश समितिको पूर्ण बैठकबाट संशोधनसहित पारित भएको छ ।

सम्मेलनमा शेखर कोइराला समूहले भने बहिष्कारको तयारी गरेको छ । सम्मेलनमा सभापति देउवापछि नेता कोइरालालाई नराखेको भन्दै उनी पक्षधर नेताहरू बहिष्कार गर्न लागेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस