रुकुम पश्चिम दुर्घटना अपडेट : घाइतेहरू खतरामुक्त, डिस्चार्ज गर्ने तयारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रुकुम पश्चिम दुर्घटना अपडेट : घाइतेहरू खतरामुक्त, डिस्चार्ज गर्ने तयारी


५ पुस २०८०, बिहिबार


काठमाडौँ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-८ मा ट्याक्टर दुर्घटनाका घाइतेहरूलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ । गएराती आठबिसकोट नगरपालिका-९, राडी बजारबाट वडा नं. ८ घर्तीगाउँतर्फ भूकम्पपीडितका लागी राहत तथा घर निर्माण सामग्री लिएर जाँदै गरेको रा १ त १४ नम्बरको ट्याक्टर वडा नं. १० तिरिकोटमा दुर्घटना भएको थियो ।

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तका अनुसार घाइते १० मध्ये पाँच जनाको अवस्था सामान्य भएकाले डिस्चार्ज गर्ने तयारी गरिएको हो । अन्य घाइतेहरूको उपचार भइरहेको र अवस्था खतरामुक्त छ ।

दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेमा आठबिसकोट-१० का ४६ वर्षीय लोकबहादुर शाही र उनकी श्रीमती ४२ वर्षीया चुकी चाही, ५२ वर्षीय भद्र सार्की, आठबिसकोट-८ का ४८ वर्षीय धनराम सार्की र सोही स्थानकी ४७ वर्षीया निर्मला सार्की रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस