आज सुनको मूल्य स्थिर « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

आज सुनको मूल्य स्थिर


५ पुस २०८०, बिहिबार


काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य स्थिर कायम भएको जानकारी दिएको छ । महासङ्घले आजको मूल्य सूची तय गर्दै हिजोकै मूल्यमा कारोबार खुलेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम छ । हिजो बुधवार पनि यही मूल्यको सुनको कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर कारोबारमा आएको हो । यससँगै, आज चाँदीको मूल्य प्रतितोला १४ सय ८० रुपैयाँ कायम छ । हिजो चाँदीको कारोबार मूल्य १४ सय ६५ रुपैयाँ कायम थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस