भूमि आयोगले गर्‍यो राजनीतिक दलसँग छलफल  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भूमि आयोगले गर्‍यो राजनीतिक दलसँग छलफल 


४ पुस २०८०, बुधबार


पाटन (ललितपुर) । राष्ट्रिय भूमि आयोग ललितपुरले भूमिहीन तथा सुकुम्वासीको लगत सङ्कलन, निस्सा वितरण र पुर्जा वितरणमा केन्द्रित रहेर राजनीतिक दलसँग छलफल गरेको छ । 

“अहिलेसम्म भएका काममा राजनीतिक दलहरूबाट भएको सहयोग र समन्वयबाट आगामी दिनहरूमा पनि सहजरूपमा काम गर्न सहयोग पुग्ने भन्नेमा हामी आशावादी छौँ”, आयोगका अध्यक्ष श्रीगोविन्द महर्जनले भने ।

आयोगले भूमिहीन तथा सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणका लागि १४ चरणमा काम सम्पन्न गर्नुपर्नेछ । त्यसअनुसार ललितपुरका चार वटा पालिकामा निस्सा वितरणको काम सम्पन्न हुने चरणमा छ । निस्सा वितरण हुँदा छ चरणको काम सम्पन्न हुने आयोगका विज्ञ सदस्य प्रतीक तामाङले जानकारी दिए । 

छलफलका क्रममा नेकपा माओवादीका जिल्ला अध्यक्ष शिव कट्टेलले आयोगका गतिविधि लक्षित वर्गसम्म पु¥याउन वडा तहलाई जिम्मेवार बनाउन सम्बन्धित पालिकाले ध्यान दिनुपर्ने बताए । 

नेपाली काँग्रेस ललितपुरका उपसभापति सुदर्शन घिमिरेले वर्तमान संविधानको मर्मअनुरूप नै भूमि आयोग गठन भई काम गरेकाले आयोगलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । 

नेकपा (एमाले) ललितपुरका कार्यालय सचिव रमेशप्रसाद घिमिरेले संविधानले निर्दिष्ट गरेअनुसार काम गर्न र समन्वय गर्न आफ्नो पार्टी तत्पर रहेको जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस