अख्तियारले भन्यो-बिदाको दिनमा पनि निजामती अस्पताललाई सञ्चालन गर्ने व्यवस्था मिलाउनु  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अख्तियारले भन्यो-बिदाको दिनमा पनि निजामती अस्पताललाई सञ्चालन गर्ने व्यवस्था मिलाउनु 


४ पुस २०८०, बुधबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी अस्पतालको समग्र व्यवस्थापन सुधार गरी बिदाको दिनमा समेत बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्न सुझाव दिएको छ । यसका आवश्यक मापदण्ड बनाई लागू गर्न अख्तियारले सुझाएको हो ।

आयोग र नेपाल सरकारका सचिव तथा विभागीय प्रमुखहरूबीच भएको अन्तरक्रिया पश्चात् आयोगले यस्तो सुझाव दिएको हो । 

आयोगले निजामती अस्पताललाई सार्वजनिक बिदाको दिनमा समेत पूर्ण रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउन भनेको छ । अख्तियारले दिएको सुझावमा भनिएको छ, ‘निजामती अस्पतालमार्फत निजामती कर्मचारीलाई कार्यालय समयभन्दा बाहेकमा समेत र सर्वसाधारण भन्दा छुट्टै लाइनबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाउने ।’

Tags :
प्रतिक्रिया दिनुहोस