२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकी संसदमा दङ्गा प्रकरण : डोनाल्ड ट्रम्प राष्ट्रपति पदका लागि अयोग्य घोषित

अ+ अ-

काठमाडौँ । अर्को वर्ष हुने अमेरिकाको राष्ट्रपति पदको चुनावको दौडमा रहेका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अब उम्मेदवार बन्न नपाउने भएका छन् । योसँगै उनको ह्वाइटहाउस प्रवेश गर्ने चाहनामा पूर्ण विराम लागेको छ । 

क्यापिटल हिंसाको मुद्दामा कोलोराडो राज्यको मुख्य अदालतले मंगलबार ट्रम्पलाई अमेरिकी संविधानबमोजिम राष्ट्रपति पदका लागि अयोग्य घोषित गरेको हो । यद्यपि यो निर्णय अन्य राज्यमा भने लागू हुनेछैन । अदालतले ह्वाइट हाउस दौडका लागि रिपब्लिकन पार्टीका प्रमुख दाबेदार ट्रम्पलाई राष्ट्रपति पदका लागि राज्यको प्राथमिक मतदानबाट हटाएको छ ।

यो अमेरिकाको इतिहासमा पहिलो पटक हो कि १४ औँ संशोधन को धारा ३ अनुसार एक राष्ट्रपति उम्मेदवार अयोग्य बनाउन को लागि प्रयोग गरिएको छ । ट्रम्पको विरुद्धमा फैसला गर्ने अदालतका सबै न्यायाधीशहरू डेमोक्रेटिक पार्टीका गभर्नरहरूले नियुक्त गरेको रहेका अमेरिकी सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।

कोलोराडो राज्यको उच्च अदालतले जिल्ला अदालतका न्यायाधीशको निर्णयलाई उल्टाउँदै यस्तो आदेश दिएको हो । तल्लो अदालतले जनवरी ६, २०२१ मा क्यापिटल (अमेरिकी संसद्) मा आक्रमणको लागि ट्रम्पले भीडलाई हिंसाको लागि उक्साएको बताए पनि ट्रम्पलाई राष्ट्रपतिको दौडमा रोक लगाउन नसकिने फैसला गरेको थियो ।

उच्च अदालतले जनवरी ४ सम्म वा अमेरिकी सर्वोच्च अदालतले यस विषयमा निर्णय नगरेसम्म आफ्नो निर्णय रोकेको छ । यो निर्णयसँगै अब ट्रम्प रिपब्लिकन पक्षबाट उम्मेदवारीको दौडमा रहन सक्छन् कि छैनन् भन्ने निर्णय गर्नु अमेरिकी सर्वोच्च अदालतका लागि चुनौतीपूर्ण हुनेछ ।– नेपाल न्यूज बैंक