पाँच लाख रुपैयाँ घुससहित वडाध्यक्ष अख्तियारको नियन्त्रणमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पाँच लाख रुपैयाँ घुससहित वडाध्यक्ष अख्तियारको नियन्त्रणमा


२ पुस २०८०, सोमबार


अख्तियार

काठमाडौँ । जीतपुरसिमरा उपनगरपालिकाको वडा नम्बर ३ का वडाध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । आयोगको कार्यालय हेटौँडाको टोलीले कार्कीलाई ५ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

वडाध्यक्ष कार्कीलाई जीतपुर स्थित जैशवाल होटेलबाट पक्राउ गरिएको आयोगको कार्यालय हेटौँडाका सूचना अधिकारी (उपसचिव) गोविन्द प्रसाद गौतम जानकारी दिए ।

उनले विवरण आईनसकेको भन्दै थप खुलाउन चाहेनन् । वडाबाट हुने सिफारिसका लागी उनले स्थानीय राजन उप्रेतीसँग घुसबापत ५ लाख नगद रकम लिएको प्रवक्ता गौतमले बताए । तर सडक (बाटो) बनाउन सिफारिसका लागी घुस लिएको बुझिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस