पहिलो चौमासिकमा बागमती सरकारले गर्‍यो ९ प्रतिशत मात्र रकम खर्च  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पहिलो चौमासिकमा बागमती सरकारले गर्‍यो ९ प्रतिशत मात्र रकम खर्च 


२९ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा निराशाजनक खर्च गरेको पाइएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिक सकिँदा ५ अर्ब ७८ करोड ७१ लाख ७९ हजार रुपैयाँ मात्र खर्च गर्न सकेको हो ।

सरकारले चालू आर्थिक वर्षमा ६२ अर्ब ७० करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा पहिलो चौमासिकमा लक्ष्य भन्दा निकै न्यून रकम मात्र खर्च गर्न सकेको तथ्याङ्कमा उल्लेख छ । प्रदेश लेखा नियन्त्रक कार्यालय बागमती प्रदेश हेटौँडाका अनुसार प्रदेश सरकारले चालु खर्चतर्फ १३.४८ प्रतिशत, पुँजीगततर्फ ६.२१ प्रतिशत बजेट खर्च गरेको छ जुन निकै निराशाजनक प्रदर्शन हो ।

प्रदेश सरकार अन्तर्गत १२ मन्त्रालय मध्य मुख्यमन्त्रीको कार्यालयले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६४ करोड ३४ लाख ७१ हजार रुपैयाँ मात्र खर्च गर्न सकेको छ ।

चालू आर्थिक वर्षमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको लागि २ अर्ब १० करोड ४९ लाख ८० हजार रुपैयाँ बजेट विनियोजन गरेको मध्य ६४ करोड ३४ लाख ७१ हजार रुपैयाँ मात्र खर्च भएको छ । यो कुल बजेटको ३ प्रतिशत मात्र हो ।

Tags :
प्रतिक्रिया दिनुहोस