पहाडी क्षेत्रको सदुपयोग गर्न नसक्दा देश गरिबीको मारमा पर्‍यो : ओली « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

पहाडी क्षेत्रको सदुपयोग गर्न नसक्दा देश गरिबीको मारमा पर्‍यो : ओली


२९ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहाडी क्षेत्रको सदुपयोग गर्न नसक्दा देश गरिबीको मारमा परेको बताएका छन् ।

पार्टीको ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत आज शुक्रवार तेह्रथुममा आयोजित सभामा अध्यक्ष ओलीले नेपाल मूलतः पहाडी देश भए पनि यसको उचित सदुपयोग हुन नसकेको बताएका हुन् । उनले कृषिको आधुनिकीकरण, व्यावसायिकीकरण, वैज्ञानिक ढङ्गले आधुनिक प्रविधिको प्रयोग गरेर खेती गर्न जरुरी रहेको बताए ।

उनले भने, ‘वास्तवमा नेपाल मूलतः पहाडी देश हो । आधाभन्दा बढी जनसङ्ख्या भएको पहाड, भूभाग पनि प्रशस्त भएको पहाड तर त्यसको सदुपयोग गर्न नसकेर हामी गरिबीको मारमा परेका छौँ । कृषिको आधुनिकीकरण गर्न, व्यावसायिकीकरण गर्न जरुरी छ । वैज्ञानिक ढङ्गले आधुनिक प्रविधिको प्रयोग गरेर खेती किसानी गर्न जरुरी छ ।’

अध्यक्ष ओलीले देशलाई समृद्ध र सुखी बनाउन नेकपा एमालेले प्रयत्न र प्रयास गरिरहेको जिकिर गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस