मदिराको विज्ञापन गर्ने गाडीलाई महानगरले तिरायो ५१ हजार जरिवाना « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मदिराको विज्ञापन गर्ने गाडीलाई महानगरले तिरायो ५१ हजार जरिवाना


२८ मंसिर २०८०, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मदिराको विज्ञापन सामग्री राख्ने सवारी साधनलाई जरिवाना तिराएको छ ।

अनुगमनको क्रममा काठमाडौँ-१६ स्थित सोह्रखुट्टेमा बा १७ च ५१९४ नम्बरको गाडीमा सिल्भर वक मदिराको विज्ञापन सामग्री राखेर चलाएको पाइएपछि जरिवाना तिराइएको महानगर प्रहरीले जनाएको छ । महानगरका अनुसार सो गाडीलाई जरिवानाबापत ५१ हजार तिराइएको हो ।

नियम विपरीत कुनै पनि माध्यमबाट विज्ञापन गर्न नपाइने महानगर प्रहरीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस