मन्त्रिपरिषद् बैठक सुरु « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

मन्त्रिपरिषद् बैठक सुरु


२८ मंसिर २०८०, बिहिबार


काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । दिउसो तीन बजे बस्ने भनिएको बैठक एक घण्टा ढिलो गरी सुरु भएको हो ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा बसिरहेको छ । पछिल्लो समय नियमित बैठक मङ्गलवार बिहान ९ बजेका लागि भनिए पनि केही समययता यो तालिका भने फेरबदल हुँदै आएको छ ।

आजको बैठकले मन्त्रालयका नियमित प्रस्तावहरूसँगै केही अन्य प्रशासनिक निर्णय पनि हुन सक्ने जनाइएको छ । आजको बैठकले सचिव बढुवासँगै केही सचिवको पदस्थापन तथा सरुवा पनि गर्ने बुझिएको छ ।

सम्बन्धित समाचार : ‘प्रचण्ड’ले डाके मन्त्रिपरिषद् बैठक, सचिव नियुक्तिदेखि पदस्थापनसम्मका निर्णय हुन सक्ने

Tags :
प्रतिक्रिया दिनुहोस