जापान सरकारका प्रवक्तासहित चार मन्त्रीले दिए राजीनामा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जापान सरकारका प्रवक्तासहित चार मन्त्रीले दिए राजीनामा


२८ मंसिर २०८०, बिहिबार


काठमाडौँ। भ्रष्टाचार गरेको आरोप लागेसँगै जापानका चार मन्त्रीहरूले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

चुनावी चन्दा सङ्कलनका क्रममा रकम हिनामिना गरेको आरोप लागेका ती चार मन्त्रीहरूले बिहीबार राजीनामा दिएका हुन् ।

बिबिसीका जापानको सत्ताधारी उदार प्रजातान्त्रिक पार्टीका चार मन्त्रीको राजीनामा आएसँगै जापानी प्रधानमन्त्री फुमिओ किसिदालाई सकस बढेको छ ।

राजीनामा दिनेहरूमा मन्त्रिपरिषद् सचिव तथा सरकारका प्रवक्ता हिरोकाजु मात्सुनो पनि छन् । उनी प्रधानमन्त्रीका सबैभन्दा निकट मानिएका प्रभावशाली अनुहार हुन् ।

राजीनामा दिने अरु तीन मन्त्रीमा अर्थ तथा उद्योग मन्त्री यासुतोसी निसीमुरा, आन्तरिक मामिला मन्त्री जिन्जी सुजुकि र कृषि मन्त्री इचिरो मियासिता रहेका छन् । चार मन्त्रीका अतिरिक्त पाँच सहायक मन्त्रीहरू जो सोही गुटका हुन, तीनले पनि राजीनामा दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस