सरकारले हटायो स्वास्थ्य बीमाको सुविधा थैलीबाट चार औषधि « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सरकारले हटायो स्वास्थ्य बीमाको सुविधा थैलीबाट चार औषधि


२८ मंसिर २०८०, बिहिबार


काठमाडौँ। सरकारले स्वास्थ्य बिमा कार्यक्रम मार्फत प्रदान गर्दै आएको चार प्रकारका औषधि ‘सुविधा थैली’ हटाएको छ ।

स्वास्थ्य बीमा बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र गर्दै ‘एम्पिसिलनि’ क्लोक्जासिलिन, सेफोपेराजोन/ सल्बेक्टम, सेफोटेक्सिम/सल्बेक्टम, सेफोडक्सिम प्रोक्सिटिल एसिड औषधीलाई सिफारिस नगर्न अनुरोध गरेको छ ।

यी चारवटै एन्टिबायोटिक औषधि हुन् । औषधि व्यवस्था विभागबाट सिफारिस नगरिएका सूचीमा रहेका औषधि प्रयोग नगर्ने निर्णयानुसार सुविधाबाट हटाइएको बोर्डले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस