पहिरोबाट ज्यान गुमाएका चालकको परिवारलाई राहत « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पहिरोबाट ज्यान गुमाएका चालकको परिवारलाई राहत


२८ मंसिर २०८०, बिहिबार


रामपुर । पाल्पाको रामपुरमा सडक मर्मत गर्ने क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ ।

रामपुर नगरपालिका-१० टोक्से पलेङ क्षेत्रमा सडक मर्मत गर्ने क्रममा डोजर पुरिएर ज्यान गुमाएका चालक २४ वर्षीय धनवीर खड्काको परिवारलाई नगरपालिकाले एक लाख सहयोग गरेको नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिए । दाङको शान्तिनगर गाउँपालिका–१ नयाँबस्ती घर भएका खड्काकी श्रीमती पवित्रालाई नगरपालिले सो रकम प्रदान गरेको हो ।

गत असोज २२ गते बाटो मर्मत गर्ने क्रममा पहिरोले पुरिएर चालक खड्काको ज्यान गएको थियो । रामपुर नगरपालिकाले नगरभित्र भइपरी आउने घटना, आगलागी, बाढीपहिरो पीडित, असहाय तथा विपन्न परिवारलाई राहत रकम उपलब्ध गराउँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस