श्रीलङ्कालाई पछि पार्दै युएई र बङ्गलादेश सेमिफाइनलमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

श्रीलङ्कालाई पछि पार्दै युएई र बङ्गलादेश सेमिफाइनलमा


२७ मंसिर २०८०, बुधबार


काठमाडौँ । यू-१९ एक दिवसीय एसिया कपको सेमिफाइनल समीकरण पूरा भएको छ।

समूह ए बाट पाकिस्तान समूह विजेता र भारत उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गर्दा समूह ‘बी’बाट बङ्गलादेश समूह विजेता र युएई समूह उपविजेताको रूपमा अन्तिम चारमा स्थान बनाउन सफल भएका छन्।

बुधबार समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा श्रीलङ्कालाई ६ विकेटले पराजित गर्दै बङ्गलादेश अपराजित रहँदै समूह विजेता बनेका छ । अन्तिम चारमा पुग्नका लागि जित्नै पर्ने खेलमा बङ्गलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । खेलमा श्रीलङ्काले दिएको २ सय रनको लक्ष्य बङ्गलादेशले ५५ बल बाँकी हुँदै ४ विकेट गुमाएर पूरा गरेको थियो।

त्यस्तै अर्को खेलमा युएईले जापानलाई हराएपछि श्रीलङ्कालाई पछि पार्दै समूहको दोस्रो स्थानमा उक्लिँदै सेमिफाइनलमा स्थान बनाएको हो । बुधबार नै भएको खेलमा जापानलाई १०७ रनले पराजित गर्दै युएईले अन्तिम चारमा स्थान बनाएको हो। खेलमा पहिले ब्याटिङ गरेको युएईले जापानलाई ३ सय २१ रनको लक्ष्य दिएको थियो। जवाफमा जापानले पुरै ५० ओभर खेलेपनि ४ विकेट गुमाएर २ सय १३ रनमात्र बनाउन सक्यो। समूह ‘बी’ मा जापान जितविहीन बन्दै पुछारमा रहेर घर फर्किएको छ ।

त्यसअघि समूह ‘ए’ बाट अफगानिस्तान र नेपाल बाहिरिएका थिए। नेपाल भने प्रतियोगितामा जितविहीन बन्दै प्रतियोगिताबाट बाहिरिँदा समूह ‘बी’ बाट श्रीलङ्का र जापान प्रतियोगिताबाट बाहिरिएका छन् । अब फाइनल प्रवेशका लागि पाकिस्तानले युएईसँग प्रतिस्पर्धा गर्दा भारतले बङ्गलादेशको सामना गर्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस