नेकपा एसको सचिवालय बैठक सर्‍यो « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

नेकपा एसको सचिवालय बैठक सर्‍यो


२७ मंसिर २०८०, बुधबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकको मिति सारिएको छ । मंसिर २८ र २९ गतेका लागि तय भएको बैठकको मिति सारिएको हो ।

बैठक पुसको २ र ३ गते बस्ने नेकपा एसका एक नेताले बताए । बैठकमा राष्ट्रिय सभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको साङ्गठनिक अवस्था, जन वर्गीय सङ्गठनको कार्यप्रतिको समीक्षा गरिने बताइएको छ ।

त्यस्तै, सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने प्रचार विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस