२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरक्षित बसोबासका लागि ‘जोखिम संवेदनशील भू-उपयोग योजना’

अ+ अ-

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङ नगरपालिकाले सुरक्षित बसोबासलाई प्रोत्साहन गर्न ‘जोखिम संवेदनशील भू-उपयोग योजना’ निर्माण गरेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास परियोजना (युएनडिपी)को प्राविधिक सहयोगमा विषय विज्ञहरूद्वारा नगरपालिकाका १४ वटै वडामा पुगेर यन्त्र तथा उपकरणको प्रयोग गरी प्रतिवेदन निर्माण गरी नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

नगरभित्रको भूमिको बनोट, प्रयोग क्षमता, भूगोलको जोखिम संवेदनशीलतालगायत विषयलाई ध्यानमा राखेर गत वर्ष माघदेखि सम्बन्धित ठाउँमै पुगेर अध्ययनबाट प्राप्त प्रतिवेदन नगरपालिकालाई हस्तान्तरण गरिएको जोखिम विज्ञका रूपमा रहेका निरोज तिमिल्सिनाले बताए ।

‘अध्ययनका क्रममा पछिल्लो १० वर्षमा ८६ प्रतिशत पहिरो अव्यवस्थितरूपमा खनिएका सडकका कारण गएको पाइएको छ’, उनले भने, ‘जमिनको अध्ययन गरी बाढी, पहिरो, भूक्षयलगायत प्रकोप हुनसक्ने सम्भावित ठाउँ पहिचान गरिएको छ ।’ विषम भौगोलिक अवस्था, जटिल भौगर्भिक बनोट, अति भिरालोपनका साथसाथै यत्रतत्र खनिएका बाटाघाटा तथा अव्यवस्थितरूपमा बढ्दै गएको बस्ती विकासका कारण जोखिम बढ्दै गएको छ ।

विपद्लाई विचार नगरी भविष्यमा गरिने विकासले ठूलो धनजनको क्षति हुने र लगानीको जोखिम पनि बढाउँछ । यसले विकास प्रक्रियामा अप्ठ्यारो पार्ने तिमिल्सिनाले बताए। नगरपालिकाले बहुप्रकोपीय जोखिमको न्यूनीकरण गर्दै सुरक्षित र नियोजित भू–उपयोगमार्फत अधिकतम लाभ प्राप्त गर्नुपर्ने उनी बताउछन् ।

वालिङ नगरपालिकामा विभिन्न प्रकोपबाट भएका क्षतिको अध्ययन विश्लेषण गरी प्रकोपको प्राथमिकीकरण गर्ने, प्रकोप जोखिम सम्भाव्यताको आकलन गर्ने र जोखिमको स्तरअनुसार प्रकोप जोखिमयुक्त क्षेत्र पहिचान तथा नक्साङ्कन गर्ने उद्देश्यले जोखिम संवेदनशील भू-उपयोग योजना निर्माण गरिएको तिमिल्सिनाले बताए ।

नगरपालिकाको एकीकृत र समावेशी जोखिम संवेदनशिल भू-उपयोग योजना, भवन मापदण्ड तथा कार्यान्वयन योजनाको अध्ययन गरी कार्यपालिका बैठकबाट स्वीकृत गरिएको नगरप्रमुख कृष्ण खाणले बताए । वातावरणीय अध्ययनबिनाका योजना अपूरा हुने भएकाले आगामी दिनमा योजना बनाउँदा यसैलाई आधार मानेर अगाडि बढ्ने उनी बताउछन् ।

‘विज्ञहरूको टोलीले अध्ययन गरी नगरपालिकालाई हस्तान्तरण गरेको प्रतिवेदन कार्यान्वयन गर्छौँ’, उनले भने, ‘यसबाट विकास निर्माणका काम गर्दा हुने वातावरणीय र प्रकोपजन्य असरलाई न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास छ ।’भौगर्भिक अध्ययनबिना गरिएका योजनाले बाढी पहिरो जाँदा जनधनको क्षति हुने गरेकाले नगरले आगामी दिनमा योजना बनाउँदा यसको विशेष ख्याल गरिने नगरपालिकाकी उपप्रमुख कविता तिवारी गैह्रेले बताए ।