वायु सेवा निगमका अधिकृत पक्राउ  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

वायु सेवा निगमका अधिकृत पक्राउ 


२६ मंसिर २०८०, मंगलबार


नेपाल वायुसेवा निगम

काठमाडौँ । नेपाल वायु सेवा निगमका एक जना अधिकृत पक्राउ परेका छन् ।

भिजिट भिसामा खाडी मुलुक पठाउन नक्कली कागजात बनाउने कार्यमा सहयोग गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले सोमबार अधिकृत होमनाथ पोखरेललाई पक्राउ गरेको हो । 

एसपी रबिन्द्र रेग्मीका अनुसार भिजिट भिसामा कामदार पठाउने गिरोहबारे अनुसन्धान गर्दै जाँदा वायु सेवा नियमका अधिकृत पोखरेलको पनि संलग्नता खुलेको हो।

प्रहरीका अनुसार पक्राउ परेका पोखरेलमाथि अनुसन्धान जारी छ । निगमका अन्य अधिकारीको संलग्नता बिना भिजिट भिसामा कामदार पठाउन सम्भव नरहेको भन्दै प्रहरीले त्यसतर्फ पनि अनुसन्धान गरिरहेको छ ।

यो प्रकरणमा प्रहरीले यसअघि कन्सल्टेन्सीका सञ्चालकसहित १३ जनालाई पक्राउ गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस