झम्सिखेलमा गोली हानेर एकजना पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

झम्सिखेलमा गोली हानेर एकजना पक्राउ


२६ मंसिर २०८०, मंगलबार


काठमाडौँ । प्रहरीले ललितपुरको झम्सिखेलमा गोली हानेर एकजना पक्राउ गरेको छ । लागुऔषध कारोबारीको आशङ्कामा पिछा गर्दै गएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर एक जनालाई पक्राउ गरेको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार गोली लागेर घाइते भएकालाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ । उनको विस्तृत विवरण प्रहरीले खुलाएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस