भारतविरुद्ध नेपाल ५२ रनमा अलआउट, लिम्बानीले लिए ७ विकेट « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

भारतविरुद्ध नेपाल ५२ रनमा अलआउट, लिम्बानीले लिए ७ विकेट


२६ मंसिर २०८०, मंगलबार


काठमाडौँ । यूएईमा जारी यू-१९ एसिया कपमा नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा भारतविरुद्ध खराब ब्याटिङ गरेको छ । टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपाल २२.१ ओभरमा ५२ रनमै अलआउट भयो ।

बाउन्स र स्वीङ अत्यधिक रहेको पिचमा नेपालका कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बटुल्न सकेनन् । १० औँ नम्बरमा आएका हेमन्त धामीले बनाएको ८ रन नै नेपाली ब्याट्सम्यानको उच्च स्कोर रह्यो । नेपाललाई १२ अतिरिक्त रन पाएको थियो ।

भारतका राज लिम्बानीले ७ विकेट लिँदै नेपालको ब्याटिङ ध्वस्त बनाए । उनले ९।१ ओभरमा केवल १३ रन खर्चेका थिए ।

भारतीय फास्ट बलर जोडी राज लिम्बानी र आराध्य सुक्लाले सुरुदेखि नै नेपाली ब्याट्सम्यानलाई अप्ठेरोमा पारेका थिए । नेपाली ब्याट्सम्यानहरूलाई बलसँग ब्याटको सम्पर्क गराउनै कठिन भएको थियो । भारतीय बलिङविरुद्ध कुनै पनि ब्याट्सम्यानले आत्मविश्वास देखाउन सकेनन् । इन फर्म अर्जुन कुमाल, कप्तान देव खनाल र स्टार गुल्शन झा तीनैजनाको ब्याट चलेन ।

Tags :
प्रतिक्रिया दिनुहोस