स्रोत शिक्षक पदको अन्तिम नतिजा प्रकाशन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

स्रोत शिक्षक पदको अन्तिम नतिजा प्रकाशन


२५ मंसिर २०८०, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सोमबार स्रोत शिक्षक पदपूर्तिका लागि अन्तिम नतिजा प्रकाशन गरेको छ।

स्रोत शिक्षक छनोट समितिको आज बसेको बैठकले मंसिर २३ गते सञ्चालन भएको विषयगत लिखित तथा प्रयोगात्मक परीक्षा र आज नै लिइएको अन्तरवार्ताको प्राप्ताङ्कका आधारमा योग्यता क्रम निर्धारण भएका उम्मेदवारलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

प्रयोगात्मक परीक्षामा गुणस्तर सुधार योजनाको मूल्याङ्कन, प्रस्तुतीकरण र कम्प्युटर सिपको परीक्षण गरिएको थियो।महानगरपालिकाले गणित विषयमा ३ पद, नेपाली, अंग्रेजी, विज्ञान र सामाजिक विषयमा २/२ पदका लागि गएको कार्तिक १७ गते विज्ञापन गरेको थियो।

माग गरिएका पदमा हिजो लिइएको लिखित परीक्षामा गणित विषयमा ११ जना, नेपाली विषयमा ४ जना, अंग्रेजी विषयमा ५ जना, विज्ञान विषयमा ४ जना र सामाजिक विषयमा ८ जना आवेदक सहभागी हुनुभएको थियो।

परीक्षा लिएकै दिन प्रकाशन भएको नतिजामा गणित विषयका लागि ५ जना, नेपाली विषयका लागि १ जना, अंग्रेजी, विज्ञान र सामाजिक विषयका लागि ४/४ जना आवेदक छनोट गरिएको थियो। उनीहरूलाई बोलाएर आज अन्तरवार्ता लिइएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस