आकाशे पुल निर्माण अनिश्चित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आकाशे पुल निर्माण अनिश्चित


२४ मंसिर २०८०, आइतबार


जानकी । बाँकेको-नेपालगञ्ज-कोहलपुर रत्न  राजमार्गका पाँच ठाउँमा आकाशे पुल निर्माणको ठेक्का सम्झौता भएको छ । 

तर सडक विभागले निर्माणादेश नदिएका कारण सम्झौताअनुरूप आकाशे पुल निर्माण तीव्र गतिमा अघि बढ्न सकेको छैन । 

निर्माणका लागि सम्झौता भएको १३ महिना विते पनि निर्माण व्यवसायीले सम्झौताअनुरूप काम गर्न पाएका छैनन् । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले डिजाइन स्वीकृत नगर्दा आकाशे पुल निर्माण कार्यमा ढिलाइ भएको हो । 

सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख नीरज शाक्यले पुलको ‘डिजाइन रिभ्यु’का लागि विभागको पुल महाशाखामा पठाएको बताए । “फाइल पुल महाशाखामा  थन्किएको छ । कहिले स्वीकृत हुन्छ यकिन छैन”, उनले भने । आकाशे पुल निर्माणका लागि २०७९ कात्तिकमा चितवनको भरतपुरस्ति डाइनामिक कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भएको थियो । प्रमुख शाक्यका अनुसार १५ महिनामामै काम सक्ने सहमति भएको छ । तर १३ महिना वित्दापनि सम्झौता कार्यान्वयन हुनसकेको छैन

Tags :
प्रतिक्रिया दिनुहोस