गृहमन्त्रीलाई भेट्न अस्पताल पुगिन् पूर्व राष्ट्रपति भण्डारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गृहमन्त्रीलाई भेट्न अस्पताल पुगिन् पूर्व राष्ट्रपति भण्डारी


२३ मंसिर २०८०, शनिबार


काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न पुगेकी छन् ।

गत मंगलबार राति छातीमा असहज भएर गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका श्रेष्ठलाई भेट्न पूर्व राष्ट्रपति भण्डारी शनिबार दिउँसो पुगेकी हुन् ।

पूर्व राष्ट्रपतिले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य लाभको कामना गरेकी उनको सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस