‘भारत र चीनको पक्की पुल बन्न चाहन्छौँ’ : मन्त्री किराती « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

‘भारत र चीनको पक्की पुल बन्न चाहन्छौँ’ : मन्त्री किराती


२२ मंसिर २०८०, शुक्रबार


लुम्बिनी । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आर्थिक रूपमा सबल रहेका दुई छिमेकी देश भारत र चीनसँग नेपालको ऐतिहासिक सम्बन्ध रहेको बताएका छन् । 

नेपाल दुई ठूला छिमेकी भारत र चीनबीचको पक्की पुल बन्न चाहेकोसमेत उनले बताए। भारतीय दूतावास काठमाडौँले बुद्धजन्मस्थल लुम्बिनीमा आज आयोजना गरेको भारत नेपाल सांस्कृतिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले नेपाल गौतमबुद्ध र सगरमाथासँगै सीता र भृकुटीको देश भएको बताए । “हाम्रो चेली भृकुटी चीनतर्फ गइन्, सीता छिमेकी भारततर्फ गइन्”, उनले भने, “त्यसैले हाम्रो सम्बन्ध आजको होइन, इतिहासदेखिको हो ।” 

उनले भारतीय दूतावासले लुम्बिनीमा गरेको सांस्कृतिक कार्यक्रमले नेपाल र भारतबीचको इतिहासदेखिको सम्बन्ध थप प्रगाढ र पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण बनेको बताए । नेपाली शास्त्रीय सङ्गीत, थारु नृत्य र अन्य विभिन्न सांस्कृतिक प्रस्तुति राखिएको थियो । नेपाल र भारतबीचको सम्बन्ध युगौँदेखि रहेको र लुम्बिनीको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले लुम्बिनी विकास कोषसँग सहकार्य गरेर सांस्कृतिक कार्यक्रम गरेको कोषका उपाध्यक्ष संविधानसभा सदस्य डा ल्हारक्याल लामा (खेन्पो छिमे) ले जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस