२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको प्रदेश सम्मेलनका लागि उपसमितिहरू गठन

अ+ अ-

धनुषा । नेपाली काँग्रेस मधेश प्रदेशले दुई दिवसीय प्रदेश सम्मेलनका लागि उपसमितिहरू गठन गरेको छ । आगामी पुस ५ र ६ गते गरिने प्रथम प्रदेश सम्मेलनलाई सम्पन्न गराउन विभिन्न समिति उपसमिति गठन गरेको हो । 

काँग्रेस मधेश प्रदेश समितिका सभापति कृष्णप्रसाद यादवको संयोजकत्वमा गठन गरेको मूल आयोजक समितिका सदस्यमा प्रदेश समितिका पदाधिकारी, सदस्य, पार्टीका जिल्ला सभापति, प्रदेशसभा क्षेत्रीय सभापति, मधेश प्रदेश नगरपालिका महासङ्घ अध्यक्ष र गाउँपालिका महासङ्घका अध्यक्ष, भ्रातृ सङ्गठनका शुभेच्छुक सङ्घ संस्थाका प्रमुख छन् ।

त्यस्तै, कोषाध्यक्ष प्रदीपकुमार यादवको संयोजकत्वमा गठित अर्थ समितिमा सदस्य प्रदेश सहमहामन्त्री जय नारायणप्रसाद यादव तथा सदस्यमा ममता महतो, शीतल प्रसाद यादव, रामबाबु साह रहेका छन् । प्रदेश सभा सदस्य नागेन्द्रप्रसाद साहको संयोजकत्वमा गठित आर्थिक व्यवस्थापन समितिका सदस्यमा सहमहामन्त्री बिन्दुकुमारी यादव, प्रदेशसभा सदस्य शेषनारायण यादव, प्रचार विभाग प्रमुख नीतेशकुमार गुप्ता, प्रदेश सदस्य पाण्डव मण्डल, सुनिल ठाकुर, सोनी बम्जन, राजेश गिरी र गाउँपालिका महासङ्घ अध्यक्ष जवाहर यादव छन् ।

यसैगरी, आवास तथा भोजन व्यवस्थापन समितिका संयोजकमा प्रदेश सांसद शेषनारायण यादव, सदस्यमा जीवनाथ चौधरी, सुरेशप्रसाद यादव, राजकिशोर यादव र ललित साह, सुधीरकिशोर यादवलाई जिम्मेवारी दिइएको छ भने मञ्च व्यवस्थापन समितिका संयोजकमा बजरङ यादव, सदस्यमा शर्मिला थापा, भावना ढुङ्गेल, अञ्जु झा, राकेशविक्रम साह, शिवशङ्कर गोइत (साधु) र सुरेश ठाकुरलाई जिम्मेवारी दिइएको छ ।

प्रचार–प्रसार समितिका संयोजक नीतेशकुमार गुप्ता र सदस्यमा सूचना सञ्चार तथा प्रचारप्रसार विभाग सदस्यलाई पनि राखिएको छ । स्वयंसेवक परिचालन समितिका संयोजकमा भातृ सङ्घ समन्वय विभाग प्रमुख सूर्यबहादुर थापालाई जिम्मेवारी दिइएको छ । सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक, साङ्गठनिक प्रस्ताव एवं प्रतिवेदन तर्जुमा गर्न प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठलाई र आर्थिक प्रतिवेदन तर्जुमा गर्न प्रदेश कोषाध्यक्ष प्रदीपकुमार यादवको संयोजकत्वमा समिति गठन गरिएको मुख्य सचिव सन्तुप्रसाद यादवले जानकारी दिए।