त्रिभुवन विमानस्थलबाट बरामद धातु सुन भएको पुष्टि « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

त्रिभुवन विमानस्थलबाट बरामद धातु सुन भएको पुष्टि


२२ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बरामद गरेको धातु सुन भएको पुष्टि भएको छ ।

बिहीबार राति दुबईबाट आएका चन्द्र घले करिव १४ किलो सुनसहित पक्राउ गरेका थिए । प्लास्टिक कभरसहित ७ थान सुन परीक्षणका लागि भन्सार विभागमा पठाइएको थियो ।

विभागका अनुसार प्लास्टिक कभर खोलेर हेर्दा प्रत्येक पोकामा छुट्टा छुट्टै १-१ केजीका २ थान बिस्कुट भेटिएका थिए । यसरी भेटिएको १४ वटै विस्टुकको छुट्टाछट्टै परीक्षण ईडीएक्स उपकरण (एक्सरे)मा परीक्षण गरिएको थियो, जसमा सबै विशुद्ध सुन भएको पाइएको छ ।

परीक्षणपछि सबै सुन विभागले विमान स्थल भन्सार कार्यालयमा फिर्ता गरेको छ । सुन तस्करीबारे अनुसन्धान गर्न विभागले भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा समिति बनाइसकेको छ ।

सम्बन्धित समाचार : १४ किलो सुनबारे छानबिन गर्न समिति गठन

Tags :
प्रतिक्रिया दिनुहोस