माओवादी रूपान्तरण अभियान आमजनतामा आशा र भरोसा दिन सफल : ‘प्रचण्ड’ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

माओवादी रूपान्तरण अभियान आमजनतामा आशा र भरोसा दिन सफल : ‘प्रचण्ड’


२२ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार अहिले विकास, समृद्धि, सुशासन र सामाजिक न्यायको पक्षमा रहेको बताएका छन् ।

धनगढी उपमहानगरपालिका-१६ भादामा आयोजित जनतासँग माओवादी तीन महिने अभियानअन्तर्गत वडाको कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले यस्तो बताएका हुन् ।

उनले छिमेकी राष्ट्रको भ्रमणका क्रममा नेपाल र नेपाली जनताको पक्षमा विभिन्न विश्व समुदायको ध्यानाकर्षण गरेको बताए ।

माओवादीको रूपान्तरण अभियान पुस १५ भित्र सम्पन्न गर्ने र त्यसपछि विधान सम्मेलन गरिने उनको भनाइ छ । विधान अधिवेशनपछि अर्को अभियान सुरु गर्ने र पार्टीको अधिवेशनसमेत गर्ने उनले बताए ।

‘मूलभूत रूपमा अभियान सफल भएको छ । यसले माओवादी पार्टीलाई जनतासँग जोड्ने, आमजनतामा आशा र भरोसा दिन सफल भएको छ’, उनले भने ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी रवडा अध्यक्ष रामबहादुर चौधरीले वडाको विकासको गतिविधिबारे जानकारी गराउँदै संघीय सरकारबाट उचित बजेटको व्यवस्था गर्न आग्रह गरेका थिए ।

सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न धनगढी पुगेका प्रधानमन्त्री प्रचण्ड धनगढी-१६ भादामा आयोजित रूपान्तरण अभियानमा सहभागी हुन घसेटा पुगेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस