गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराउँछ : ओली « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराउँछ : ओली


२२ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराउने गरेको बताएका छन्।

आज पोखरामा आयोजित महाकाली मेची अभियान अन्तर्गत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन। उनले वर्तमान सत्ता गठबन्धन नेकपा एमालेको विरोध गर्ने काममा मात्रै लागेको आरोप लगाए। उनले देश एमाले पार्टी बाहेकले बनाउन नसक्ने जिकिर गरे।

उनले गठबन्धन सरकार विकास निर्माण र जनताको पक्षमा नरहेको बताए। उनले यस अवस्थालाई तोड्नका लागि नेकपा एमालेले मिसन २०८४ अघि सारेको बताए। अध्यक्ष ओलीले एमाले अहिलेका समस्या समाधानका लागि जनताको आवाज सुन्न यात्रामा निस्किएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस