दुई उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

दुई उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस


२१ मंसिर २०८०, बिहिबार


काठमाडौँ। दुई उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिले लेखापरीक्षण सेवातर्फ एक जना र इन्जिनियरिङ सेवातर्फ एक गरेर दुई जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

लेखापरीक्षण सेवातर्फ ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा उपसचिव पशुपतिकुमार काफ्ले र इन्जिनियरिङ सेवातर्फका उपसचिव माधवजंग कार्की सहसचिव पदमा बढुवाका लागि सिफारिस भएका हुन् ।

लेखापरीक्षतर्फ एक जना सहसचिवका लागि एक जनाको मात्रै योग्यता पुगेकाले एउटा मात्रै आवेदन परेको भने इन्जिनियरिङतर्फ चार जनाको आवेदन परेको थियो । चार जनामा दोस्रो नम्बरमा भीमार्जुन पाण्डे, तेस्रो नम्बरमा महेश्वर घिमिरे र चौथो नम्बरमा पुष्करप्रसाद पोखरेल रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस