आयोगले गर्‍यो ४ सार्वजनिक निकायका प्रमुखमाथि कारबाही « प्रशासन
Logo १० जेष्ठ २०८१, बिहिबार
   

आयोगले गर्‍यो ४ सार्वजनिक निकायका प्रमुखमाथि कारबाही


२१ मंसिर २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सर्वसाधारण नागरिकले सूचना माग गर्दा सूचना उपलब्ध नगराउने ४ वटा सार्वजनिक निकायका कार्यालय प्रमुखलाई कारबाही गरेको छ ।

वार्षिक प्रतिवेदनमा बारेमा जानकारी दिन बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आयोगकी प्रवक्ता एवं सूचना आयुक्त कमला ओली थापाले सो जानकारी दिएकी हुन् ।

सूचनाको हकसम्बन्धी ऐन बमोजिम सजाय गरिएको र विभागीय कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाइएको आयोगकी प्रवक्ता थापाले बताईन् ।

त्यस्तै, विभिन्न मन्त्रालय तथा विभागको अनुगमन गर्दा १० वटा सार्वजनिक निकायले सूचना अधिकारीको विवरण सार्वजनिक गरेको नपाइएकोले सार्वजनिक गर्न आदेश दिएको प्रवक्ता थापाले जानकारी दिइन् ।

आयोगले बिहीबार नै वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश गरेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस