पक्राउ परेका दुर्गा प्रसाईँका आन्दोलनकारीहरूलाई रिहा गर्न माग « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

पक्राउ परेका दुर्गा प्रसाईँका आन्दोलनकारीहरूलाई रिहा गर्न माग


२१ मंसिर २०८०, बिहिबार


काठमाडौँ। कमल थापा नेतृत्वको राप्रपा नेपालले एनसेल प्रकरणको सत्यतथ्य छानबिन गर्न सरकारसँग माग गरेको छ । प्रवक्ता वसन्तमान सिंह अधिकारीले एक विज्ञप्ति जारी गर्दै सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेका हुन् ।

एनसेल शेयर खरिद बिक्रीमा अर्बौँ रुपैयाँ कर छली गर्ने, नेपाल सरकारको स्वामित्वमा आउनबाट रोक्ने तथा प्रचलित दूरसञ्चार कानूनविपरीत हुने गरी शेयर खरिद–बिक्री भएकोबारे ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको कानूनबमोजिमको प्रक्रिया अपनाएर कारबाही अगाडि बढाउन र देशमा भित्रिने वैदेशिक लगानीलाई प्रोत्साहित गराउने एवं भ्रष्टाचारलाई दुरुत्साहन र नियन्त्रण गर्नका साथै उक्त एनसेल प्रकरणको बारेमा सत्यतथ्य के हो, यथार्थ विवरण सार्वजनिक गर्न राप्रपा नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’

दुर्गा प्रसाईँले गत मंसिर ७ गतेदेखि काठमाडौंमा सुरु गरेको शान्तिपूर्ण जनप्रदर्शनका क्रममा मंसिर ८ गते स्वतन्त्र नागरिकका हकहितलाई बेवास्ता गर्दै संविधान र कानूनविपरीत पक्राउ गरिएका श्रीनिवास आचार्य, मुनीन्द्र राजभण्डारी, सन्तोष सिल्वाल, पशुपति खड्का, सतिस न्यौपाने, गोकर्ण शाही, आवास खड्कालगायतलाई हालसम्म थुनामा राखी यातनासहित अमानवीय व्यवहार गरिएको भन्दै रिहा गर्न माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस