भाजपाको निम्तामा अनेरास्ववियु र नेविसंघका अध्यक्ष दिल्ली भ्रमणमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भाजपाको निम्तामा अनेरास्ववियु र नेविसंघका अध्यक्ष दिल्ली भ्रमणमा


२१ मंसिर २०८०, बिहिबार


काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका अध्यक्ष समिक बडाल र नेपाली काँग्रेस निकट नेविसंघका अध्यक्ष दुजाङ शेर्पा भारत प्रस्थान गरेका छन् ।

भाजपानिकट विद्यार्थी सङ्गठन अखिल भारतीय विद्यार्थी परिषद्को निम्तामा अनेरास्ववियुका अध्यक्ष बडाल र नेविसंघका अध्यक्ष शेर्पा दिल्ली प्रस्थान गरेका हुन् ।

आजदेखि २४ गतेसम्म दिल्लीको इन्द्रप्रस्थ नगरमा सम्पन्न हुने अखिल भारतीय विद्यार्थी परिषद् (एवीभीपी) को ६९ औँ राष्ट्रिय सम्मेलन हुँदैछ । सोही सम्मेलनमा भाग लिन नेविसंघ केन्द्रीय कार्यसमितिको प्रतिनिधित्व गर्दै भारत प्रस्थान गरेको नेविसंघले जनाएको छ । साथै नेविसंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी उज्ज्वल बज्राचार्यले पाएका छन् ।

बज्राचार्यलाई सङ्घको विधान ०७५ अनुसार र्कावाहकको जिम्मेवारी तोकिएको छ । यस्तै अनेरास्ववियुको कार्यवाहक अध्यक्षको जिम्मेवारी सङ्गठनको उपाध्यक्ष कमरेड गोविन्द गिरीले पाएका छन् । अनेरास्ववियुबाट बडालसँगै स्थायी कमिटी सदस्य आर विक्रम ओखेडा पनि गएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस