अर्थतन्त्र सुधारका लागि नयाँ घोषणा गर्छु : प्रधानमन्त्री « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

अर्थतन्त्र सुधारका लागि नयाँ घोषणा गर्छु : प्रधानमन्त्री


२१ मंसिर २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा सुधारका लागि केही नयाँ घोषणा गर्ने तयारीमा रहेको बताएका छन् ।

बिहीबार काठमाडौँमा रेस्पोन्सिबल बिजनेस समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले तथ्याङ्क हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति भएपनि व्यवहारमा जनतामा आशाको सञ्चार हुन नसकेको बताए । यसका लागि अझै मिहिनेत गर्नुपर्ने भन्दै उनले अगाडि भने, ‘अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत् बैठक र केही नयाँ घोषणा गर्ने तयारी गरिरहेको छु ।’

बुधबार मात्र शासकीय सुधारका विषयमा बृहत् छलफल गरेको भन्दै उनले यो क्षेत्रमा केही नयाँ गर्न सकिए त्यसको प्रभाव अर्थतन्त्रमा पनि पर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस