प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेट « प्रशासन
Logo ९ फाल्गुन २०८०, बुधबार
   

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेट


२० मंसिर २०८०, बुधबार


काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टर फर साउथ एसिया रियर एडमिरल एलिन लाउब्याचरले शिष्टाचार भेट गरेकी छन् ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ । 

यस किसिमको भेटघाटले दुई देशबिच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिएको सेनाको भनाई छ । भेटघाटमा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थोम्पसनको पनि उपस्थिति थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस