दुई कर्मचारीलाई लिखित स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुनु बूढानीलकण्ठ नगरपालिकाको चेतावनी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

दुई कर्मचारीलाई लिखित स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुनु बूढानीलकण्ठ नगरपालिकाको चेतावनी


२० मंसिर २०८०, बुधबार


काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाले बिदा स्वीकृत नगराई लगातार अनुपस्थित रहेका दुई कर्मचारीलाई स्पष्टीकरण सोधेको छ । नगरपालिकाले अ.हे.व. (चौथो) तहमा कार्यरत गौमाता बाठा र जनस्वास्थ्य निरीक्षक (छैटौं) तहमा कार्यरत मन्जु न्यौपानेलाई स्पष्टीकरण सोधेको हो ।

बिदा स्वीकृत नगराई कार्यालयमा लामो समय अनुपस्थित रहेको भन्दै नगरपालिकाले बुधबार सूचना निकालेर १५ दिनभित्र लिखित स्पष्टीकरणसहित कार्यालयमा उपस्थित हुन भनेको हो । अन्यथा कानून बमोजिम कारबाही नगरपालिकाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस